
Hon. C.P. Mainali, Kathmandu |

Hon. Nilam K.C. Khadka Jhapa |
|
|

Hon.Rajendra kh |
|
|
|
बीपी
कोइरालाको समाजवादको मात्र कति बखान गर्नु ? कालक्रम अनुसार चिन्तक र
चिन्तन पनि फेरिनुपर्यो नि ! पुराना वामपन्थी नेता सीपी मैनाली हरतरहले
समाजवादको परिभाषा फेर्न लागिपरेका छन्। त्यसका लागि उनले नेकपा (माले)
नामको प्रयोगशालामा थरीथरीका प्रयोग र परीक्षण गररिहेका छन्। अघिल्लोपटक
उनले मुलुकका धनाढ्य व्यापारीलाई पार्टीको कोटामा सभासद् बनाए। मालदार
मन्त्रालयहरूको एकएक गरी स्वाद चाखे। पार्टी कार्यालयबाटै भूमिसुधार
मन्त्रालयका फाइल सदर गर्ने परिपाटी बसाले। अहिले परिवारबाटै उनी समाजवादको
प्रयोग गर्न थालेका छन्। आफू र श्रीमती सीता खड्का -नीलम केसी)लाई एकसाथ
समानुपातिकमा राखेर पार्टीका अरू नेतालाई प्रत्यक्ष निर्वाचन लड्न पठाए।
अहिले धर्मपत्नी सीतालाई मन्त्री बनाएर मालेको राजनीतिक दर्शनलाई नयाँ
उचाइमा पुर्याउँदै छन्। श्रीमती नै मन्त्री भएपछि सीपीले मन्त्रालयका फाइल
पढ्न मन्त्रालय त के पार्टी कार्यालय पनि धाउनुपर्ने छैन। सायद
शयनकक्षबाटै सबै फाइल सदर हुनेछन् र सीपीले चाहेको साँचो अर्थको समाजवाद
पनि यही हो।
- रामबहादुर रावल
http://www.ekantipur.com/nepal/2070/11/18/full-story/6570.html
अंक
५८५ | २०७० फाल्गुन १८
No comments:
Post a Comment