नेताहरूको नालायकीले प्रधानन्यायाधीश खिलराज रेग्मी सरकार चलाउन सिंहदरबार गए। चुनाव गराए। सर्वोच्च अदालत कामु न्यायाधीशको जिम्मा लगाइयो। तर, चुनाव सकिएपछि पनि नेताहरूको पारा सुधि्रएन। सुधि्रँदो हो त, चुनावी कार्यादेश सकेर पुरानै जिम्मेवारीमा र्फकंदा हुन् रेग्मी। तर, सहमतिको सरकार र संविधान दिने कुरा त परै जाओस्, नेताहरू संविधानसभाको बैठक कसले बोलाउने भन्ने निक्र्योलसमेत गर्न नसक्ने भए। फेरि अदालतकै जिम्मा छाडिदिए। अदालतले रोक्नू नभनेको विषयमा नेताहरूले अदालतको आदेश पर्खिने भए। लौ जा, अदालत पनि के कम ! सरकार आफ्नै, अदालत आफ्नै। कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मालाई मन्त्रिपरिषद् अध्यक्ष रेग्मी फर्केर आउलान् र आफ्नो पद खोसिएला भन्ने पिर छ।
उता, अध्यक्ष रेग्मीमा चाहिँ सिंहदरबार छाडेर कता जाने भन्ने द्विविधा छ। अदालत जाऊँ, वकिलहरूको संस्था बार एसोसिएसन छ। घर जाऊँ, छँदाखाँदाको जागिरको अवधि आउँदो जेठसम्मै छ। बरू अदालतले ढिलो गर्दै जाओस्, दिन घर्किंदै जाऊन्। जेठ लागोस्। रेग्मी सिंहदरबारबाटै घर जाऊन्। शर्मा कामुबाट तल झर्नु नपरोस्, बरू पूर्ण प्रधानन्यायाधीश बन्न पाऊन्। रेग्मीको छायाँ पनि पर्न दिन्नँ भनेर त्यसै वाचा गरेका होइनन् उनले। संविधानसभा बैठक कसले बोलाउने भन्ने लफडा नै रेग्मी र शर्मा दुवैका लागि खुदो पो भो गाँठे!
अंक ५७८ | २०७० पुस २८
#NEPAL_Weekly_Ram_Bahadur_Rawal
http://www.ekantipur.com/nepal/2070/9/28/full-story/6350.html
- रामबहादुर रावल
No comments:
Post a Comment