Monday, January 5, 2015

तीन छक पार्ने द्रोणराज



न्यायिक क्षेत्रबाट सिंहदरबार छिरेका खिलराज रेग्मी निर्वाचित सरकार आउला र साँचो बुझाउँला भनेर तम्तयार बसेका छन्। उनीकहाँ ठोक्किन पुग्ने कतिपय प्रशासनिक मामिलासमेत त्यसै अड्केर बसेका छन्। तिनै प्रधानन्यायाधीश उर्फ मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले नियुक्त गरेका महान्यायाधिवक्ता द्रोणराज रेग्मी भने मौका यही हो भन्ने शैलीमा सरकारी वकिलहरूलाई भटाभट सरुवा गर्दै छन्।

नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै उनी कुम्लाकुटुरा बोकेर घर जानैपर्छ। तैपनि, यी महाशयले पूरा जोसका साथ विवादास्पद छविका कृष्णजंग शाहलाई वकिलहरूमा सर्वाधिक आकर्षण मानिने काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालय सरुवा गरेका छन्। शाहका लागि त्यो ठाउँ खाली गर्न रमेश पौडेललाई महान्यायाधिवक्ता कार्यालय तानेका छन्। घर जाने बेलामा कम्तीमा आठ जनाको सरुवा यसै गरी गरसिके। अझै लामै सरुवाको सूची बोकेर हिँडिरहेका छन्। द्रोणराजको यस्तो सक्रियताले सिंगो न्यायक्षेत्र तीन छक परेको छ।
- रामबहादुर रावल 
http://www.ekantipur.com/nepal/2070/10/5/full-story/6385.html
अंक ५७९ | २०७० माघ ५

No comments:

Post a Comment