Monday, January 5, 2015

'स्वामी’ खिलानन्द



ठूला दलका शीर्ष नेताहरू समानुपातिक सभासद् चयनपछिको घनचक्करमा रुमलिरहेका बेला मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी (खिरारे) धर्मकर्म र अध्यात्ममा निर्लिप्तै देखिएका छन्। उनी कहिले पाथीभरा पुगेका छन् त कहिले हलेसी महादेव। नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेरै भए पनि उनले मोफसलका देउता खुसी पारेका छन्।

पछिल्लोपटक भक्तपुरको ठिमीमा रहेको श्यामा श्यामा धाम राधेराधेमा पुगेछन्। पूजाआजा गरे र डेढ-डेढ घन्टा पलेटी कसेर स्वामी हरदिासको प्रवचन पनि सुनेछन्। नयाँ सरकार गठनको सरगर्मी बढ्दै गर्दा खिरारेको धर्मकर्मको अर्थ के हो ? देवीदेउतासँग पुकारा स्वामी खिलानन्द बन्ने बाटो हो कि थप प्राप्तिको लोभ ?
http://www.ekantipur.com/nepal/2070/9/21/full-story/6321.html
अंक ५७७ | २०७० पुस २१
- रामबहादुर रावल

No comments:

Post a Comment