Monday, January 5, 2015

न्यायपरिषद्को उल्टो गति


'गर्नुपर्ने काम गर्दैन, नगरे पनि हुने काम खोजीखोजी गर्छ, त्यो के हो ?' कसैले यस्तो गाउँखाने कथा सोध्यो भने सही जवाफ हुन सक्छ, न्यायपरष्िाद्। हुन पनि नगरी नहुने कामको चाङ छ ऊसँग। कैयौँ न्यायाधीशबारे उजुरी छन्। तिनको छानबिन गर्दैन। सर्वोच्च अदालतका प्रधानन्यायाधीशले फैसलामै कारबाही गर्नू भनिएका न्यायाधीशलाई कारबाही गर्दैन। बरू कानुनका सिरीखुरी खोजेर विवादित न्यायाधीशलाई सुनपानी छर्कन्छ। हुँदाहुँदा उसलाई बेला न कुबेला अन्तरमि संविधानको व्यवस्थालाई नै भत्काउने भूत चढेको छ। त्यसैले न्यायपरष्िाद् पदाधिकारीहरू सर्वोच्चका न्यायाधीशको नियुक्तिमा संसदीय सुनुवाइ नै गर्न नहुने तर्क गर्न थालेका छन्। नियुक्तिपछि न्यायपरष्िाद्ले कारबाही नगर्ने, नियुक्तिअघि संसद्सामु कुनै प्रश्नको सामना गर्नु नपर्ने। कस्तो न्यायप्रणाली बनाउन खोजेको हो कुन्नि ?
- रामबहादुर रावल
http://www.ekantipur.com/nepal/2070/10/25/full-story/6478.html
अंक ५८२ | २०७० माघ २६

No comments:

Post a Comment